पात्र क्यानाडामा, खेताला परीक्षामा
ट्रायल दिने मान्छे क्यानाडामा छ । यहाँ खेतालाले परीक्षा दिन्छ र लाइसेन्स हात पार्छ । यस्तो रमिता देख्न पाइन्छ यातायात कार्यालय राधेराधेमा ।
मूलै धमिलो भएपछि धाराबाट सङ्लो पानी कसरी आओस् ? ठेक्का हत्याउन यातायात व्यवस्था विभागका कर्मचारीले एक जना व्यवसायीसँग गाडी नै उपहार लिएको विषयले भौतिक पूर्वाधार मन्त्रालय तातिरहेको बेला यातायात कार्यालय, जगातेमा एजेन्टले ‘सेटिङ’ मिलाई कार, जिप (बी)को ट्रायल पासनै नभएकाहरूको पास गर्ने, ट्रायल नै नदिएका, विदेशमा भएक…