यसकारण मास्क लगाएर विमानस्थलबाट बाहिरिइन् अभिनेत्री
वि.सं. ६० को दशककी चर्चित अभिनेत्री निरुता सिंह नेपाल आएकी छन् । मुम्बई बस्दै आएकी उनी ३६ को आकडा चलचित्रमा अभिनय गर्न हिजो (आइतबार) साँझ काठमाडौं आएकी हुन् । उनलाई स्वागत गर्न चलचित्रका निर्देशक सविर श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
तर एउटा रोचक कुरा के छ भने, निरुताको आगमनसँगै दुई कलाकारको प्रेम सम्बन्धको पोल खुलेको छ । अभिनेता सलिनमान बानियाँ र पूर्व मिस नेपालसमेत रहेकी अभिनेत्री नम्रता श्रेष्ठ प्रेम सम्बन्धमा रहेको पाइएको हो । बताइएअनुसार, नम्रता …