नायिकाले नचिनेपछि पत्रकार देउजाको कुण्ठा छताछुल्ल
एउटा टेलिभिजन कार्यक्रममा नायिकाले नचिनेको भन्दै चितवनका सञ्चारकर्मी पत्रकार सन्तोष देउजाले आफूभित्रको कुण्ठा सामाजिक सञ्जालमा पोखेका छन् । दुई दिनअघि उनले गरेको फेसबुक पोष्टमा अहंकार उदाङ्गो भएको देखिन्छ ।
‘द प्रकाश सुवेदी शो’ मा मेरो फोटो देखाउँदा चितवनकी चेली नायिका बेनिशा हमालले मलाई चिनिनन् । म भुईंमान्छेलाई चिन्नै पर्छ भन्ने पनि छैन । चिनिनकै लागि मैले चलचित्र क्षेत्रमा केही गरेको पनि छैन । यसमा चित्त दुखाइ पनि छैन । यधपी, बेनिशाजीको पनि मैले अभिनय हेरेको थिइनँ । हिजो ‘मोहर’ हेरें, अभिनयले भुतुक्कै भएँ । उनको ‘सिटामोल’ चलचित्र हेरेर दर्शकहरुका रुवावासीको भिडिओहरु सञ्जालभरि रहेछन् । उनीहरु प्रायोजित हुन् कि रियलमा सिनेमा राम्रो छ ?’ अगस्ट १२ तारिक बिहान २ बजेर ३३ मिनेटको समयमा सन्तोष देउजाले फेसबुकमा लेखेका छन् ।
‘मनमा कुण्ठा कति रहेछ बिचरोलाई बेनिशाले नचिनेकोमा’, प्रेमनारायण न्यौपानेले त्यसको तल कमेन्टमा लेखेका छन् । निरु लिम्बु लेख्छिन्, ‘सन्तोष देउजा कामले भन्दा पनि आलोचनात्मक स्टाटसहरुबाट चिन्ने गरेको है सबैले । आकाश नै एक्लैले धानिरहेको जस्तो पाखन्ड नदेखाउँदा हुन्छ, की कसो ?’
पुष्पा कार्कीले लेखेकी छिन्, ‘तपाईंलाई चिन्ने भनेको काण्ड हेर्ने र कुनै पार्टीमा आस्था राख्नेले मात्रै हो । चिन्नैपर्ने देशको लागि काम के गर्नु भएको छ र चिन्नु ? कहाँको राजा नै होइत बक्सेननी ?’
‘घुमाउरो पारामा– तपाईंलाई नचिन्नु बेनिसा हमालको गल्ती भयो– प्रतिशोध प्रष्ट देखिन्छ (प्रायोजित कि रियल– तपाईंलाई प्रमाण दिनुपर्यो, यो पनि अतिवाद नै हो मेरो विचार । अहँ म चिन्दिनँ भन्दा आँखा गढिने बन्नुस्, सुन्दिनँ भन्दा सुनिने बन्नुस्, मित्र यत्तिकै चर्चा–परिचर्चामा रहन हारगुहार नगर्नुस् लाज हुन्छ क्या । लाज भन्ने कुनै केही हुन्छ क्या’, सुन्दर सिंहको टिप्पणी छ ।
‘म नि चिन्दिनँ तपाईंलाई तर बेनिसालाई चिन्छु । अब अर्काे के स्टाटस लेख्नु हुन्छ लेख्दै गर्नुस् है’ ललिता दंगलले दनक दिएकी छन् । ‘आफूलाई चिनिन भन्दैमा उनको नराम्रो खोतल्नुपर्ने त थिएन होला’– किरण सापकोटा लेख्छन् । सन्तोषलाई माओवादीको झट्केलोको संज्ञा दिँदै लक्ष्मण चौहानले 'रिस पोख्यो' भनेका छन् ।
यसैगरी, उपेक्षा श्रेष्ठ राजभण्डारी लेख्छिन्, ‘तपाईंलाई चिनेन भनेर चित्त दुखाइ पो भएछ त । स्टाटस नलेखेर चुप बसे त झन् तपाईंको मूल्य बढी हुन्थ्यो त । के को रोइलो हो यता हैट !’
‘यो को हो र चिन्नु पर्ने ?’ गजेन्द्र थापा मगरले भनेका छन् । ‘चिन्नैपर्ने कस्तो मपाइत्तो हो उफ् !’ रीता भण्डारीको प्रतिक्रिया छ । सभ्यता भट्टराई लेख्छिन्, ‘कति साह्रो चित्त दुखेको हौ, को हो र त्यति सारो सबैले चिन्नुपर्ने चाहिँ । बेनिसा हमालको फिल्म चलोस् नचलोस्, धेरै राम्रो एक्टिङ गर्ने एक्ट्रेस हो ।’
‘म पनि राम्रोसँग चिन्दिन तपाईंलाई । नचिन्न पाइन्न र ?’ सुशील रेग्मीले भनेका छन् । ‘चिन्नै पर्ने भन्ने पनि छैन भन्ने, अनि त्यही झोकमा घुमाउरो पाराले लेख्नु आफ्नो औकात देखाइ त हाल्यो नि’, योगेन सम्झना तमुको कमेन्टमा छ ।
‘तिम्लाई नचिन्न पाइयो । चिनिनन् भन्दैमा दर्शक माथि अपमान किन ? दर्शकलाई मन छोयो रोए । तिमीलाई चिनेको भए रियल नत्र प्रायोजित ? छ्या तिमीले आफूले आफूलाई निकै ठूलै मान्छे सम्झेका पो, ए’, प्रितम केसीको प्रतिक्रिया रहेको छ । केशव सापकोटा लेख्छन्, ‘गल्ती प्रकाश सुवेदीको हो तपाईंको फोटो राखेर चिनाउनु ।’
‘म ठूलो हुँ भन्ने घमन्ड छोड्नुस् महोदय, यो हेक्का होस् तपाईं कुनै अमुक व्यक्तिको फेर समाएर उभिएको एउटा मामूली युटुबर हो । चितवन घर हुँदैमा तपाईंलाई चिन्नै पर्ने हो र ?’ शालिकराम भट्टराईले लेखेका छन् । महेन्द्र विष्ट लेख्छन्, ‘प्रोफाइल हेर्न बाध्य पार्यौ त दाजै मलाई पनि । साँच्चै को रहेछ भनेर हेरेको ।’
आफूले आफूलाई निकै चर्चित सोच्नुको नतिजा यही पोस्ट पढेर था भयो– उमेश पराजुलीको प्रतिक्रिया छ । ‘चित्त दुखाइ नै नभए किन रुन्छौ त सोल्टी, गल्ती तिम्रो होइन, त्यो प्रकाशे डाँकाको हो, नाथे युटुबे र टिकटकेलाई चिन्नु हुन्छ भनेपछि कसले चिन्छ त ? अब हजुरलाई नचिन्ने मान्छेको अभिनय त तेसै मन नपर्ने भो नि’, माधवजंग रायमाझीले लेखेका छन् ।
‘प्रकाश सुवेदीलाई जस्तै छोराको व्रतबन्धमा निम्ता गर्नु भए पो बेनिसा हमालले चिन्थ्यो त, निम्ता नगरेर रिसाएकी होली’ नेत्र गुरुङको टिप्पणी हो यो चै ।
सन्तोष देउजाको उक्त स्टाटसमा प्रस्ट झल्किएको यस्तो अहंकारी प्रवृत्तिले आफ्नो स्वार्थका लागि कसैको पनि बदख्वाइँ र जयजयकार सजिलै गर्न सक्ने देखिन्छ, जुन मिडिया क्षेत्रका निम्ति अत्यन्त घातक हो । युट्युबर हुँदै पत्रकारितामा प्रवेश गरेका सन्तोषले पछिल्लो समय चितवनमै कपुरबोट मिडिया प्रालि सञ्चालन गरेका छन् ।
उनको सो स्टाटसमा आएको पाँचसय बढी कमेन्टमा धेरैभन्दा धेरैले आलोचना र विरोध नै धेरै गरेको पाइन्छ ।
टिप्पणीहरू