ध्वस्त पर्यटन उकास्न विदेशमा निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र अन्य कूटनीतिक नियोगका प्रमुखलाई नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गर्नुभएको छ । उहाँले अस्ति साँझ गर्नुभएको जुम मिटिङमा विशेषगरी नेपाल सुरक्षित रहेकाले पर्यटनका लागि विदेशमा सन्देश सञ्चार गर्नुपर्ने धारणा राख्नुभएको बताइन्छ ।
जेन जी आन्दोलनको नाममा भदौ २४ गते गरिएको विध्वंशले पर्यटकका लागि नेपाल असुरक्षित गन्तव्यको रुपमा दर्ज भएको छ । हिल्टन, हायातलगायत अन्तर्राष्ट्रिय पाँचतारे होटलमा गरिएको आगजनी …