नयाँ दिल्लीबाट परराष्ट्रमन्त्री र एमाले उपमहासचिव एउटै उडानमा
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा युरोप र भारतको लामो भ्रमणपछि स्वदेश फर्कनुभएको छ । उहाँ नयाँ दिल्लीबाट नेपाल एअरलाइन्सको उडान नम्बर आरए २१८ मा साँझ पौने ८ बजे काठमाडौं आइपुग्नुभएको छ ।
राणा मंसिर २२ गते इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन नेदरल्याण्डसको हेग जानुभएको थियो । त्यतैबाट लक्जेम्बर्ग र जर्मनी पुग्नुभयो ।
जर्मनीबाट गत बुधबार नयाँ दिल्ली पुग्नुभएकी राणाले त्यहाँ आयोजित नेपाल–भारत आ…