राजनीति

फैसलाको समर्थनमा दीप प्रज्वलन, बिरोधमा पुत्ला

सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा विघटनविरुद्धको फैसलाको समर्थनमा विद्यार्थीहरुले दीप प्रज्वलन गरेका छन् ।अघि साँझ त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् । नेविसंघका कावा अध्यक्ष सुदर्शन पनेरुलगायतको उपस्थितिमा उनीहरुले संसद पुनर्स्थापनाको समर्थनमा दीप प्रज्वलन भएको बताइएको छ । प्रधानमन्त्री निकट विद्यार्थी संगठनले भने फैसलाको विरोधमा मसाल जुलुस र प्रधानन्यायाधीशको पुत्ला दहन गरेका छन् ।

Page 455 of 469