जर्मन टोलीद्वारा सिंहदरबारमा लगातार भेट, जर्मन राजदूतको छुट्टै कुराकानी
नेपाल भ्रमणमा आएको जर्मनीको संसदीय टोलीले आज सिंहदरबारमा एकपछि अर्को भेटघाट गरेका छन् । उनीहरुले सभामुख, उपप्रधानमन्त्रीलगायत चार जना मन्त्रीसँग लगातार भेट गरेको बताइन्छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख देवराज घिमिरेसँग जर्मन राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभामुख घिमिरे र नेपालका लागि जर्मन राजदूतप्रिन्जबीच बिहानको समयमा एक घण्टा कुराकानी भएको हो ।
टोलीले परराष्ट मन्त्रालयमा परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेट गरेक…