प्रधानमन्त्री भेट्न पुग्नुभयो माधव नेपाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुग्नुभएको छ । अध्यक्ष नेपाल आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानुभएको बताइएको छ ।
उहाँ झण्डै एक घण्टा भेटवार्ता गरेपछि त्यहाँबाट ५ बजेको समयमा बाहिरिनुभएको हो । त्यसअघि अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनको भविश्य यो साताभित्र टुंगो लाग्ने दाबी गर्नुभएको थियो । पार्टीनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठक उद्घाटन समारोहमा बोल्दै उहाँले सत्ता गठबन्धन रहने…