गोंगबु घटनाप्रति प्रधानमन्त्रीको चासो, सुरक्षा निकायका प्रमुखहरुसँग छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्ति गोंगबुमा भएको मोबाइल पसल लुटपाटको घटनालाई गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो छानबिन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छ…