पाठकपत्र

हैरानीको पनि सीमा हुन्छ नि !

देशमा विकासको गति यति सुस्त छ कि ४४ वर्षसम्म एउटा स्मारक पार्क बन्न सक्दैन । पञ्चायतकालमै थालिएको पञ्चायत स्मारक पार्क गणतन्त्र आइसक्दासमेत बन्न सकेको छैन । यद्यपि, सोही पार्क देखाएर कर्मचारीले करोडांै रकम तर मारिसकेका छन् ।  हालै ३० हजारको मोबाइलकाण्डले हंगामा मच्चिएको काठमाडौं महानगरपालिकामा केही कर्मचारीले किर्ते उपभोक्ता समिति बनाएर झण्डै करोडौं हजम गरेको खबर भने गुपचुप छ । प्रसंग हो, तीनकुनेस्थित स्मारक पार्कको । सो पार्क बनाउने भनिएको ०३१ सालदेखि हो । पञ्चायत स्मारक…