दशबाट कति कोसेली देलान् ?
गुणस्तरहीन र महँगो मूल्यका स्वास्थ्य सामग्री खरिद गरेको ओम्नी काण्डले सरकारलाई हदैसम्म बदनाम गराएको घटना पुरानो भइसकेको छैन । फेरि त्यस्तै काण्ड बल्झाउने गरी स्वास्थ्य सेवा विभागबाट महँगोमा स्वास्थ्य सामग्री खरिद गर्न चलखेल भएको छ । १० करोड बराबरका भेन्टिलेटर र मनिटर खरिद गर्न लागिएको हो ।
उनीहरूले फिलिप्स कम्पनीको क्याटलगलाई हुबहु टेण्डरको विवरणमा समावेश गरेर खरिद सामग्रीको स्पेसिफिकेसन तयार गरेका छन् । जसले गर्दा अन्य कम्पनीले प्रतिस्पर्धाबाट सोझै बाहिरिनुपरेको छ । यसबाट डिजी दी…