पाठकपत्र

शिलाकी जवानीमा कम्मर मर्काउँछिन् माते

विराटनगर–१ पोखरियामा केशव र यशोदा पौडेलकी कान्छी छोरी आरती १० वर्षदेखि पाथीभरा माताको नामले चर्चित छिन् । कक्षा ५ मा पढ्दै गर्दा माताको अवतारमा जन्मिएको भनेर आमाबाबु र छरछिमेकबाट घोषणा गरिएकी उनले १० वर्षदेखि (हाल युवती) अरूको ग्रहदशा र भाग्य पनि हेर्ने गरेकी छन् । उनलाई साक्षात् पाथीभरा माता मानेर दर्शन गर्न जाने, ढोगभेट गर्नेको अझै लर्को लाग्ने गरेको छ । साँझ–बिहान आरती गराउन घरमा मन्दिरसमेत बनाइएको छ । पाथीभरा माताका नामले शक्तिपीठ घोषणा गर्दै उनको घरमा…