पाठकपत्र

​म्याडम मान्य अझै किन मौन ?

रमाइलो छ राजपामा । कोही माननीयलाई पार्टीकै नेता–कार्यकर्ताले नचिन्ने, कोही माननीय शपथ लिनै नआउने ! प्रतिनिधिसभाकी एक जना मान्य गायब । न त पार्टीको सम्पर्कमा, न संसद् सचिवालयकै । संसद् सचिवालयका कर्मचारी तिनको खोजी गर्दामा हैरान छन् । केन्द्रमा नरमाया ढकाललाई चिन्ने र तिनको सम्पर्क नम्बर राजेन्द्र महतोबाहेक अरूसँग नभएझैं हालत हो उनको पनि । व्यक्तिगत विवरणमा उल्लिखित ठेगाना पच्छ्याउँदै कर्मचारीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–४ स्थित घर त भेट्टाए तर मान्छे फेला नपरे…