गाला चड्काउन मान्यज्यू गएपछि…
‘तेरो गाला चड्काइदिऊँ !’
‘संसदमा कुरा उठाउनु नपरोस् है एसपी सा’ब !’
भन्नुस् त, मामुली सई दर्जाको एउटा प्रहरीलाई देशको विधायकले होस–हवासमै ‘गाला पड्काइदिऊँ’ भन्यो भने त्यसले के गर्ला ? अरु भए त त्यो विचरोले औँलाका पाँचै छाप प्रष्ट देखिने गरी उल्टै गाला पड्काइदिन्थ्यो । तर, मन्त्री हुने हैसियतका माननीयज्यूलाई त्यसो गरिहाल्न पनि भएन । अनि, सईले ‘नटेरेपछि’ उनी पुगेछन् एसपीकहाँ । अनुसन्धानको काम भन्नेबित्तिकै मेसिनले…