चर्काे कुरा, आफ्नै मान्छेको पिठमा छुरा
प्रवक्ता नै नभएसरि प्रधानमन्त्री स्वयं सबैका आवाज र आक्रोशविरुद्ध अरिंगालसरि खनिन थालेपछि सरकारमाथि पनि चौतर्फी घेराबन्दी शुरु भएको छ ।
सिके राउत, नेपाली कांग्रेस, राजपापछि विप्लव समूह यसखाले घेराबन्दीमा सामेल भएको पाइएको हो । निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा एउटा नागरिक समाज र महिला समुदाय तातिरहेकै बेला त्यसलाई सरकारविरोधी हतियारको रूपमा सोझ्याउन विप्लव समूहले राम्रै योजनाका साथ कार्यकर्ता परिचालन गर्न थालेको स्रोतको दावी छ । यसक्रममा सुदूरपश्चिम (कञ्चनपुर) क…