साप्ताहिक समाचार

​पुरुष पशुमा परिणत भएपछि

न कहिल्यै नराम्रो वचन प्रयोग गरेका थिए न कहिल्यै एक थप्पड हानेकै थिए । दुःखजिलो गरेरै भए पनि राम्रैसँग पालन पोषण गरेकै हुन् । फूलको थुँगासरी हुर्काएकी छोरी १३ वर्ष नपुग्दै झुण्डिएर मरेको देख्दा कुन बाबु–आमाको मन थामिएला ! दोर्दी गाउँपालिका–२ का ३५ वर्षीय दीपक परियारको मन अहिले बेचैन छ ।  ०७५ चैत २१ गते कक्षा ७ को परीक्षा सकेर फुपू मीरा परियारको भोटेओडारस्थित घरमा गएकी थिइन् । वैशाख ७ गते आफन्तको विवाहमा गएकी अनिशालाई फुपूले नाताले मावली हजुरबुबा प…