कता थपियो, कताको काटियो
संघीय संरचना तयार पार्नुप¥यो, प्रदेशपिच्छे मन्त्री, सांसद, कर्मचारी पाल्नुसहित राजनीतिक नियुक्तिका मान्छेलाई गाडी–घोडा दिनै प¥यो । तर, खर्च कहाँबाट आउँछ ? त्यसैको जोहो गर्न करमाथि काँटछाँट गरिएको छ ।
स्वास्थ्य र शिक्षातर्फको कर करिब–करिब मिनाहा गरिएको छ । यसले गर्दा प्रतिपक्षी कित्ताबाट आरोप आउने गरेको छ कि, यही दुई क्षेत्रमा पूर्वएमालेहरुको बढी संलग्नता छ । अस्पताल, स्कुलले शुल्क तिर्नुनपर्ने, एनजिओ र त्यसका सञ्चालकको सम्पत्ति छानवीन रोकिने हुँदा वर्षेन…