साप्ताहिक समाचार

​भिआईपीको नाम बेचिबेची भसक्कै

परराष्ट्र मन्त्रालयलाई लट्टिपट्टि पारेर टन्न नक्कली हवाई टिकट खरिदको कारोबार देखाउने गिरोह घाँटी समातिने अवस्थामा पुगेको छ । दुईवटा प्रतिद्वन्द्वी ट्राभल कम्पनीले एकअर्काको पोल खोल्दा यो विषय छरपष्ट भएको हो । पोहोरमात्र भिआईपीहरूको अन्तर्राष्ट्रिय उडानका नाममा यो मन्त्रालयका निम्ति १० करोड रुपैयाँको टिकट काटिएको दाबी थियो । तर, यसको छानबिन गर्दा नक्कली हिसाब बनाएको पाइएको स्रोतले बताएको छ । यसअघि संसद्लाई पनि राम्रै आम्दानीको स्रोत बनाएको ज्योति समूहद्वारा सञ्चालित सुरुचि ट्राभलमार्…