अकस्मात म्वाइ खान आएपछि
लक्ष्मी काफ्ले
एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिका निकै चतुर खेलाडी मानिन्छन् । तर, उमेर बढ्दै गएसँगै उनलाई स्वास्थ्य अवस्थाले पनि सताउँदै छ । डाक्टरहरूले धेरै धपेडी नगर्नु भनेका छन् । तर, स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई एक नम्बर बनाउनै पर्ने दबाब छ ।
यसै क्रममा अघिल्लो साता झण्डै ५ दिनसम्म गृहजिल्ला झापा बसे । झापा भनिसक्दा प्रतिष्ठाको विषय आउँछ । कारण भने एउटै छ– यो एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता केपी सिटौलाको गृहजिल्ला हो । कांग्रेस नेता स…