बर्खा लागेपछि भीआइपीहरुले गाडीमा लामोयात्रा गर्न छाडे,प्लेन भरिभराउ

स्थानीय तहको निर्वाचनमा समयअभाव भन्दै बाक्लै हवाई यात्रा गरेका नेता,मन्त्री तथा विशिष्ट व्यक्तिहरु अहिले झन बर्खाको कारण जहाजतिर झ्याम्मिन थालेका छन् । सोही क्रममा हिजो शनिवार काठमाडौं आउने र काठमाडौंबाट बाहिरिनेमा धेरैजसो नेता तथा मन्त्रीहरु थिए ।

बुध्द एयरको उडानमा पूर्वमन्त्री तथा माओवादी नेता मातृकाप्रसाद यादव बिहान पौने ८ बजे जनकपुरबाट काठमाडौं आउनु हुँदा सुर्खेतबाट शिक्षा राज्यमन्त्री बोधमाया यादवले पनि त्यही उपाय लगाउनुभयो ।

सोही विमानको उडानमा काठमाडौंबाट गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहान साढे ११ बजे भरतपुर जानुभयो भने बुध्दकै उडानमा सिमराबाट पूर्वमन्त्री लक्ष्मणलाल कर्ण साढे ११ बजे काठमाडौं आउनुभएको थियोे ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हिजो दिउँसो सवा १ बजे बुध्द एअरको उडानमा पोखराबाट काठमाडौं फर्किनुभयो । उहाँ अस्ति त्यसतर्फ जानुभएको थियो ।

श्री एयरलाइन्सको उडानमा हिजै पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला दिउँसो ३ बजे काठमाडौंबाट भद्रपुर जानुभयो भने बुद्ध एयरको उडानमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला दिउँसो ३ बजे पोखराबाट काठमाडौं आउनुभएको हो ।

यति एयरलाइन्सकै उडानमा भैरहवाबाट गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली हिजो साँझ पौने ७ बजे राजधानी फर्कनुभएको थियो । हिजै बुद्ध एयरको उडानमा हिजो बिहान साढे ११ बजे सिमराबाट काठमाडौं पूर्वमन्त्री लक्ष्मणलाल कर्ण राजधानी आउनुभएको थियो ।

टिप्पणीहरू