केपी र सिपीबीच १५ मीनेट बालकोटमा बातचित

केपी र सिपीबीच १५ मीनेट बालकोटमा बातचित

आगामी निर्वाचनमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख वामपन्थी पार्टीहरु नेकपा एमाले,माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन गर्ने प्रयासस्वरूप विभिन्न पक्षीय भेटघाट भैरहेका बेला नेकपा मालेका महासचिव सिपी मैनाली केपी ओलीको निवास बालकोट पुग्नुभएको छ ।

महासचिव सिपी र एमाले अध्यक्ष केपीबीच एकाबिहानै भेटवार्ता भएको हो । भेटघाटका लागि सिपी बिहान पौने १० बजे भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित अध्यक्ष केपीको घर पुग्नुभएको हो । उहाँहरुबीच करिब १५ मीनेट कुराकानी भएको बालकोट स्रोतले जनाएको छ ।

एकातिर पूर्वमाओवादी घटकहरुबीच एकताको प्रयास अनि अर्कोतिर एमालेबाहेकका वामपन्थीहरुको समाजवादी केन्द्र बन्ने सम्भावनाको खोजी भैरहेका बेला झापा आन्दोलनका दुई हस्तिबीच भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

टिप्पणीहरू