प्रेस युनियनमा नेता बन्न ३० हजार दस्तुर
सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन हेटौँडामा सुरु भएको छ । काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन सत्रमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापासहितका शीर्ष नेता सहभागी छन् ।
प्रेस युनियनको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । पार्टी र अन्य भातृ संगठनहरुमा जस्तै प्रेस युनियनको नेतृत्वका लागि पनि संस्थापन र इतर पक्षबाट प्यानल नै बनाएर उम्मेदवारहरू मैदानमा उत्रिएका छन् ।
निर्वाचन समितिका अनुसार अध्यक्षका उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ । वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार, उपमहाचिवले २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार, केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समिति संयोजकले २० हजार र केन्द्रीय लेखा समिति सदस्य उम्मेदवारले मनोनयन दस्तुर बुझाउनुपर्ने निर्वाचन समिति संयोजक एगराज पोखरेलले जानकारी दिए ।

टिप्पणीहरू