पार्टीमा नलागेका पत्रकारहरुकाे पोखरामा भेला
स्वतन्त्र पत्रकार संघ नेपालको दुई दिने राष्ट्रिय भेला आजदेखि पोखरामा शुरु हुँदैछ । जिल्ला अध्यक्ष र सचिवहरु सहभागी हुने सो भेलाका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरु पोखरा पुगिसकेका छन् ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्र र जिल्लाका भावी योजना तयारीका लागि भेला आयोजना गरिएको जनाए । महासचिव महेश विक्रम कुँवरले भेलाका लागि काठमाण्डौ उपत्यकाका जिल्ला अध्यक्ष, सचिव र राष्ट्रिय पदाधिकारीहरुमध्ये वरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपमहासचिव रत्नकाजी प्रजापति र कोषाध्यक्ष बद्रीबहादुर दुलालहरू हिजै पोखरा पुगेको जानकारी गराए ।
यस्तै काठमाण्डौ जिल्ला अध्यक्ष पुष्करराज पाण्डेका साथ माता भद्रकाली, ललितपुर जिल्ला अधक्ष उपेश नौबाग र भक्तपुर जिल्लाबाट केन्द्रीय पार्षद् कृष्ण किसी, राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी र अछाम जिल्ला अध्यक्ष विष्णुबहादुर खड्कालगायत पनि हिजो पोखरा पुगेको उनले बताए ।
भेला भोलिसम्म हुने बताइएको छ ।
टिप्पणीहरू