बालकोटमा छलफल गरेपछि राजेन्द्रले नेताहरुलाई धुम्बाराही बोलाए

बालकोटमा छलफल गरेपछि राजेन्द्रले नेताहरुलाई धुम्बाराही बोलाए

नयाँ सरकारबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । सत्ता गठबन्धन धरापमा परेका बेला अध्यक्ष राजेन्द्र लिङदेनले आकस्मिक पदाधिकारी बैठक डाकेका हुन् ।

बैठक बोलाउने निर्णय गर्नुअघि लिङ्गदेनले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसित छलफल गरेका थिए । बैठकका लागि नेताहरु पार्टी कार्यालय धुम्बाराही पुगिसकेका छन् । यसअघि महामन्त्री विक्रम पाण्डेको निवासमा नेताहरुले अनौपचारिक छलफल गरेका थिए ।  

पदाधिकारी बैठकबाट राप्रपाले सरकारमा सहभागिता जनाउने विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ ।

टिप्पणीहरू