अबको केही घण्टामा प्रचण्ड प्रधानमन्त्री

अबको केही घण्टामा प्रचण्ड प्रधानमन्त्री

एमाले र माओवादीबीच सत्ता समीकरण र शक्ति बाँडफाँटमा सहमति जुटेसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा एमाले र माओवादीबीच आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने र अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने समझदारी जुटेको छ । त्यस्तै,राष्ट्रपति र सभामुख पद एमालेले लिने सहमति भएको छ ।     

प्रचण्डलाई प्रधानमन्त्री बनाउन रास्वपा,राप्रपा, जसपा,राष्ट्रिय स्वतन्त्र पार्टी,जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि सहमति जनाएका छन् । सात दलबाट १६६ सांसदको समर्थन लिएर प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड केहीबेरमा राष्ट्रपति कार्यालय शीतल निवास जाने तयारी छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ पुसमा एक साताको समय दिएर संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दावी गर्न आह्वान गर्नुभएको थियो । उक्त समय सकिन एक घण्टा बाँकी छ ।

टिप्पणीहरू