उपेन्द्रद्वारा हातैले लेखेर प्रचण्डको पक्षमा १६९
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ६ वटै दलका नेताहरुलाई साथ लिएर प्रधानमन्त्रीमा दावी गर्न उहाँ राष्ट्रपतिको कार्यालय शीतल निवास पुग्नुभएको हो । प्रचण्डलाई एमाले, माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा,जनमत र नागरिक उन्मुक्ति पार्टीले समर्थन दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको दावी पत्रमा एमालेको ७८, माओवादीको ३२,राष्ट्रिय स्वतन्त्र पार्टीको २०,राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिका ४ सांसदको प्रचण्डलाई समर्थन रहेको उल्लेख छ ।
जसपाले समेत समर्थन जनाएको भनिए पनि राष्ट्रपति कार्यालयमा बुझाएको पत्रमा भने उपेन्द्रले हातले लेखेर १६६ संख्या पुर्याइदिनु भएको छ । स्वतन्त्र सांसदत्रय प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साहले पनि प्रचण्डलाई समर्थन जनाएका छन् ।
टिप्पणीहरू