तीन दल सरकार बाहिर, समाजवादीले निर्णय नै गर्यो

तीन दल सरकार बाहिर, समाजवादीले निर्णय नै गर्यो

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित ३ वटा दल प्रतिपक्षमा रहने भएका छन् । सत्ता समीकरणमा आज भएको नाटकीय परिवर्तनपछि काँग्रेस,लोसपा र एकीकृत समाजवादीलाई सरकार बाहिरै रहने परिस्थिति बनेको हो ।

चुनावमा पहिलो शक्ति बने पनि कांग्रेसले अन्य दलसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको छ । एमालेसँग सहकार्य गर्न अनिच्छुक रहेको एकीकृत समाजवादीले त औपचारिक रुपमै प्रचण्ड नेतृत्वको सरकारवारे केही नबोल्ने निर्णय गरेको छ । आज बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले सरकारमा नजाने निर्णयसमेत गरेको छ । 

प्रचण्ड नेतृत्वको सरकारलाई नेकपा एमालेसहित ७ दल तथा तीन जना स्वतन्त्र सांसद गरी १६९ ले समर्थन गरेका छन् ।

टिप्पणीहरू