प्रचण्ड प्रधानमन्त्री नियुक्त,भोलि ४ बजे शपथ

प्रचण्ड प्रधानमन्त्री नियुक्त,भोलि ४ बजे शपथ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रचण्डले प्रतिनिधिसभाका १७० जना सांसदको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गर्नुभएको थियो । उहाँलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ । त्यस्तै, तीन जना स्वतन्त्र सांसदले पनि समर्थन जनाएका छन् । 

प्रचण्डलाई भोलि शपथ ग्रहण गराउने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टिप्पणीहरू