माओवादी बैठक एक घण्टा ढिलो

माओवादी बैठक एक घण्टा ढिलो

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक एक घण्टा ढिलो शुरु भएको छ । पार्टी मुख्यालय पेरिस डाँडामा बिहान ८ बजे बोलाइएको बैठक ९ बजे शुरु भएको हो । 

आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन हुने सरकार,त्यसको विस्तार तथा शक्ति बाँडफाँडको विषयमा पार्टीहरुलाई बोलाइएको छ । अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बैठक अहिले पनि जारी छ ।

बैठकमा अधिकांश पदाधिकारीको उपस्थिति देखिन्छ । उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, महासचिव देव गुरुङ तथा उपमहासचिवहरु बर्षमान पुन,शक्ति बस्नेत,जनार्दन शर्मा,गिरिराजमणि पोखरेल,हरिबोल गजुरेल,पम्फा भुसाल, मातृका यादवको उपस्थिति छ । सचिवहरु लीलामणि पोखरेल, हितराज पाण्डे,हितमान शाक्य,दिनानाथ शर्मा, डिलाराम शर्मा आचार्यलगायत पनि बैठकमा पुगेका छन् ।

टिप्पणीहरू