रविले ओली र प्रचण्डसङ्ग मागे उपप्रधानमन्त्री,राप्रपा बाहिरै बस्ने
आज अपरान्ह गठन हुने नयाँ सरकारमा पाँच वटा दल मात्रै सहभागी हुने भएका छन् । एमालेबाट उपप्रधानमन्त्रीसहित उपाध्यक्ष बिष्णु पौडेल र माओवादीबाट पनि उपाध्यक्ष नै नारायणकाजी सरकारमा सामेल हुने निर्णय भएको छ ।
रवि लामिछानेले समेत आफ्नानिम्ति उपप्रधानमन्त्री खोजेपछि अहिले ११ बजे गठबन्धनको बैठकमा यसवारे थप छलफल हुने बुझिएको छ । पहिले नै उपप्रधानमन्त्री भैसकेका ठूला दलका दुई वरिष्ठ नेतासरह रविलाई सरकारको उपल्लो तहमा एकैचोटि पुर्याउन दलहरु तयार देखिएका छैनन् । आफूमाथिको नागरिकता लफडालाई पदको आडमा छोपछाप पार्न यस्तो माग राखिएको रुपमा दलहरूले बुझेका छन् । माओवादीले अर्थ र सञ्चार मन्त्रालयमा जोड दिँदै आएको छ ।
"उपप्रधानमन्त्री भैसकेका ठूला दलका दुई वरिष्ठ नेतासरह रविलाई सरकारको उपल्लो तहमा एकैचोटि पुर्याउन दलहरु तयार देखिएका छैनन् । आफूमाथिको नागरिकता लफडालाई पदको आडमा छोपछाप पार्न यस्तो माग राखिएको रुपमा दलहरूले बुझेका छन् । माओवादीले अर्थ र सञ्चार मन्त्रालयमा जोड दिँदै आएको छ ।"
राप्रपाले सरकार बाहिर बसेर समर्थन जारी राख्ने र सीके राउतले कृषि मन्त्रालय लिने सहमति भएको छ । जसपाले दुई, माओवादीले राज्यमन्त्रीसहित बढीमा छ र एमालेले आठ मन्त्रालय लिने मोटामोटी तय भएको बताइन्छ । २१ भन्दा बढी मन्त्रालय नभएको र २५ भन्दा बढीको क्याबिनेट बन्न नमिल्ने हुँदा केही राज्यमन्त्री पनि राख्नुपर्ने हुन्छ ।
उता माधव नेपालको पार्टीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने मार्ग प्रशस्त हुँदै गएको माओवादीको बुझाइ छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छिट्टै भेटवार्ता हुने सम्भावना बढेकोवारे आज बिहान माओवादी पदाधिकारी बैठकमा बृफिङ्ग भएको छ ।
टिप्पणीहरू