सन्दिपको मुद्धामा आज पनि सुनुवाई रोकियो

सन्दिपको मुद्धामा आज पनि सुनुवाई रोकियो

उमेर नपुगेकी किशोरी बलात्कारको आरोपमा आफूलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध क्रिकेटर सन्दिप लामिछानेले गरेको पुनरावेदनउपर आज तोकिएको सुनुवाई स्थगित भएको छ । 

पाटन उच्च अदालतमा दर्ता भएको पुनरावेदनको सुनुवाइका लागि यसअघि दुई पटक पेशी तोकिए पनि स्थगित भएको थियो । पहिलोचोटी सन्दिपका कानुन व्यवसायीले स्थगित गराएका थिए भने दोस्रोपटक हेर्न नभ्याइनेमा परेको थियो ।

बलात्कार आरोपमा गत असोज २० गते पक्राउ परेका सन्दिपलाई काठमाडौं जिल्ला अदालतले मुद्धाको अन्तिम किनारा नलागेसम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध सन्दिपले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै पुनरावेदन गरेका हुन् ।

केन्द्रीय कारागारमा रहेका सन्दिप पछिल्लो समय डिप्रेसनको शिकार भएको बताइएको छ ।

टिप्पणीहरू