लुम्बिनीमा पनि पुस २७ गतेको म्याद तोकियो

लुम्बिनीमा पनि पुस २७ गतेको म्याद तोकियो

-ऋषि भट्टराई 

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गतेभित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले निर्वाचनमा कुनै दलको स्पष्ट बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलले बहुमत सदस्यको हस्ताक्षरसहित पुस २७ गते ४ बजेभित्र दाबी पेश गर्न समय तोकेको छ । 

लुम्बिनीमा केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरुको स्पष्ट बहुमत छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । हालको सत्ता गठबन्धनमा रहेका दलहरुसँग ५२ सांसद देखिन्छन् । स्वतन्त्र उम्मेदवारबाट निर्वाचनमा विजयी रोल्पाका दिपेन्द्र पुन पनि माओवादीमा प्रवेश गरेपछि सत्तापक्षतर्फ ५३ सांसद पुगेका छन् । 

लुम्बिनीमा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा र जनमतका ३–३ सांसद छन् । विपक्षमा रहेका काँग्रेसका २७, लोसपाका ३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक एक जना र स्वतन्त्र दुई जना गरि ३४ सांसद छन् ।

टिप्पणीहरू