सामाजिक सञ्जालमा जागिरको विज्ञापन खोलेर ठगीमा व्यस्त

सामाजिक सञ्जालमा जागिरको विज्ञापन खोलेर ठगीमा व्यस्त

सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरेर सर्वसाधारण ठग्ने एक युवक पक्राउ परेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–३ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–४, रानीपाटी बस्ने २३ वर्षीय मनम घर्तिलाई ठगीको आरोपमा आज प्रहरीले नियन्त्रणमा लिएको हो । पीडितकै नागरिकता तथा राहदानीसमेतका कागजातहरुको प्रतिलिपी मोबाइल सेवा प्रदायक कम्पनीमा पेश गरी रकम झिक्ने गरेको उजुरी प्राप्त भएपछि घर्तीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनले सामाजिक सञ्जालमा आकर्षक तलब र सुविधासहित फ्रान्स, स्विट्जरल्याण्डजस्ता देशमा रोजगारीको अवसर रहेको विज्ञापन गरेर पीडितहरुबाट रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घर्तीले भीसा प्रोसेसिङको निम्ति सक्कल कागजपत्र मागेर बैंक खातामा रकम जम्मा गराउने गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

   
घर्तीको साथबाट दुई वटा मोबाइल र विभिन्न व्यक्तिको नाममा जारी १७ वटा नागरिकता प्रमाणपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि प्रहरीले जिल्ला परिसर काठमाडौं पठाएको छ ।

टिप्पणीहरू