सबै श्रेणीहरू

बंगलादेशको ढाकामा भीषण आगलागी, चार हजार पसल खरानी

बंगलादेशको ढाकामा भीषण आगलागी, चार हजार पसल खरानी

बंगलादेशको राजधानी ढाकास्थित एउटा बजारमा लागेको आगलागीमा चार हजारभन्दा बढी पसल खरानी भएको छ । त्यहाँको प्रमुख कपडा बजारको रुपमा चर्चित बंगबजारमा आज बिहान भीषण आगलागी भएको बताइएको छ ।

बीबीसीका अनुसार आगलागी नियन्त्रणमा ढाकाका ४३ वटा दमकल प्रयोग गरिएको छ । सेनाको टोली पनि आगो नियन्त्रणमा परिचालित भएको जनाइएको छ । आसपासका क्षेत्रको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । बंगबजार ढाकामा कपडाको थोक तथा खुद्राका व्यापारको लागि प्रसिद्ध बजार हो ।

एक महिनाअघि ढाकाको सिद्दिकी बजारमा विस्फोटपछि भएको आगलागीमा १९ जनाको ज्यान गएको थियो ।