सबै श्रेणीहरू

अचेत अवस्थामा फेला परेका युवक बिते

अचेत अवस्थामा फेला परेका युवक बिते

काठमाडौंको शङ्खरापुर नगरपालिका–६ मा साँझ अचेत अवस्थामा फेला परेका युवकको निधन भएको छ । नजिकैको कुलोमा घोप्टिएका उनलाई साँझ साढे ५ बजेतिर खेलिरहेका बालबालिकाले उक्त अवस्थामा देखेका थिए। त्यसपछि स्थानीयले तत्काल प्रहरी प्रभाग साँखुलाई जानकारी गराएर अस्पताल पुर्याएका थिए ।

सुष्मा कोइराला मेमोरियल अस्पतालमा पुर्याइएपछि उपचारको क्रममा साढे ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मृतक स्थानीय शङ्खरापुर ५, पालुबारीस्थित भुजेलटोल नजिकैका २४ वर्षे बाबुराम सुनुवार भएको बताइएको छ ।

मृतकको शव पोस्टमार्टका लागि आवश्यक प्रक्रिया अघि बढाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।