सबै श्रेणीहरू

तीन सवारी साधन ठोक्किँदा मोटरसाइकलमा आगलागी

तीन सवारी साधन ठोक्किँदा मोटरसाइकलमा आगलागी

 

काठमाडौंको जमलमा भएको सवारी दुर्घटनामा मोटरसाइकल जलेको छ । विद्युतीय माइक्रोबसको ठक्करबाट एउटा स्कुटर र एउटा कुरियर गाडीमा पनि क्षति पुगेको छ ।

प्रहरीका अनुसार केशरमहलबाट जमलतर्फ जाँदै गरेको बा.३५ प ९१४४ नम्बरको मोटरसाइकल र जमलबाट केशरमहलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०४ क ५३८१ नम्बरको रिलायन्स स्कुलको इभि माइक्रो ठोक्किएको हो । सोही क्रममा जमलबाट केशरमहलतर्फ जाँदै गरेको प्रदेश ०१ ०२८ च ४५१२ नम्बरको कुरियर फुटोन गाडि र बागमती प्रदेश ०२ ०३१ प ३०८९ नम्बरको मोटरसाइकलसमेत सोही माइक्रोमा ठोक्किएका थिए ।

बागमती प्रदेश ०२ ०३१ प ३०८९ नम्बरको मोटरसाइकलको पछाडि बसेकी महिलाको गोडामा चोट लागेको छ । उनलाई नजिकैको ग्राण्डे सिटी अस्पतालमा उपचारपछि ट्रमा सेन्टर लगिएको छ । अन्य सवारी साधनका तीन जना घाइते छन् । उक्त मोटरसाइकल जलेको छ ।