नेकपा एकीकृत समाजवादीको प्युठान–काठमाडौँ सम्पर्क मञ्चको १२ औं सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।
समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा मञ्च अध्यक्ष लुना रिजालको अध्यक्षता र समाजवादीका उपमहासचिव एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको जनाइएको छ ।
सम्मेलनले नवीन कक्षपतिको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा कविराम गमाल र ओम पुन निर्वाचित भएका छन् । यता उपसचिवमा चन्द्र सिर्पाली र तेन्जिङ बुढा निर्वाचित हुँदा कोषाध्यक्षमा विष्णु सेतीमगर चयन भएका हुन् ।
सदस्यहरुमा विशाल सुनार, दीपक पुन, रिता शर्मा, भविता पुन, बलबहादुर पुन, विजय कसेरा, विष्णु सुनार, सचिव सुनार, कृष्ण श्रेष्ठ, विष्णा विष्ट, चन्द्र घर्ती गोविन्द ढकाल, भुवन राहु, लिला रिसाल, आकाश श्रेष्ठ, विजय केसी, विजय श्रेष्ठ र प्रवीन कक्षपति छन् । मञ्चको सल्लाहकार प्रमुखमा वसन्त थापालाइ राखिएकाे छ ।