काठमाडौं महानगरपालिकाले दियो ३४२ विद्यालयलाई अनुमति रद्दको चेतावनी

काठमाडौं महानगरपालिकाले दियो ३४२ विद्यालयलाई अनुमति रद्दको चेतावनी

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराएका ३४२ विद्यालयको नाम सार्वजनिक गरेको छ । महानगरपालिकाले नियमानुसारको छात्रवृत्ति उपलब्ध नगराएका विद्यालयको सूची सार्वजनिक गरिएको जनाएको छ ।

महानगरपालिकाले सबै विद्यालयलाई कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न आग्रह गर्दै निर्देशन दिएको थियो । तर, आजसम्म पनि निर्देशन पालना नभएपछि बाध्य भएर त्यस्ता विद्यालयको सूची सार्वजनिक गरिएको बताइएको छ । 

महानगरपालिकाले उपलब्ध गराइएको छात्रवृत्तिको विवरण वेबसाइटमा प्रकाशित गर्नुपर्ने निर्देशनमा उल्लेख थियो । तर ती विद्यालयले त्यस्तो विवरण हालसम्म सार्वजनिक नगरेपछि आगामी आइतबारसम्मको समयसीमा तोकेर विद्यालयको सूची सार्वजनिक गरेको हो ।

सूचनामा जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिकाको शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्ने व्यहोरा उल्लेख छ ।

टिप्पणीहरू