अमेरिकी कँग्रेसलाई सम्बोधन गरेपछि भारतीय प्रधानमन्त्रीलाई रात्रिभोज

अमेरिकी कँग्रेसलाई सम्बोधन गरेपछि भारतीय प्रधानमन्त्रीलाई रात्रिभोज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २२ का दिन अमेरिकी संसद कँग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सोही दिन राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री जुन २१ देखि २४ तारिखसम्म अमेरिकाको राजकीय भ्रमणमा जाँदैछन् । विदेश मन्त्रालयका अनुसार मोदीले अमेरिकी कँग्रेसको संयुक्त बैठकलाई यसअघि सन् २०१६ मा पनि सम्बोधन गरेका थिए ।

त्यतिबेलाको सम्बोधनमा मोदीले अमेरिकी संसद भवन रहेको क्यापिटोल हिललाई ‘टेम्पल अफ डेमोक्रेसी’ को संज्ञा दिएका थिए । उनले सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनका विभिन्न उद्गार र शब्द उल्लेख गर्दै भनेका थिए, ‘व्यक्तिगत स्वतन्त्रता र मानवीय समानता समाज विकासको मुख्य चुरो हो ।’

टिप्पणीहरू