संसदीय समितिको निर्देशनप्रति सरकार गम्भीर छ - प्रधानमन्त्री प्रचण्ड

संसदीय समितिको निर्देशनप्रति सरकार गम्भीर छ - प्रधानमन्त्री प्रचण्ड
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद र संसदीय समितिले दिएको निर्देशन सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्नुभएको छ ।  

आज राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले समितिका सांसदहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भिर रुपमा लिने पनि उल्लेख गर्नुभयो । 

'संसद र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको व्यहोरा पनि जानकारी गराउन चाहन्छु', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'समितिमा माननीय सदस्यहरुले व्यक्त गरेका जिज्ञासाहरुमा पनि सरकारको धारणा तपाईहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भिर रुपले लिने नै छ ।'

उहाँले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरामा सरकारले मुख्य जोड दिँदै आएको समितिलाई जानकारी गराउनुभयो । संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनको निर्माण कार्यलाई अघि बढाएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।

'संघीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको छ । यस सन्दर्भमा विगत ४ वर्षदेखि नसकेको संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन बमोजिम गठन गरिएको प्रदेश समन्वय परिषद्को बैठक यसैपटक दुई पटक बसी संघीयताको कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरु कार्यान्वयन भईरहेका छन्', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

टिप्पणीहरू