डेढ दर्जन प्रहरीलाई एक हप्ताभित्र हाजिर हुन निर्देशन

डेढ दर्जन प्रहरीलाई एक हप्ताभित्र हाजिर हुन निर्देशन
सुन्नुहोस्

नेपाल प्रहरीले सम्पर्कविहीन डेढ दर्जन कर्मचारीको खोजतलास सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना निकालेर बिदा स्वीकृत नगराई गैरहाजिर रहेका विभिन्न दर्जाका १९ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको हो । 

विभिन्न मितिमा काम छोडेका उनीहरुलाई पटक–पटक सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएपछि प्रहरी मुख्यालयले आज पुनः सूचना जारी गर्दै चित्तबुझ्दो स्पष्टीकरणसहित आगामी सात दिनभित्र हाजिर हुन भनेको छ । 

स्पष्टीकरण सोधिनेमा प्राविधिक प्रहरी नायब निरीक्षक अन्जन सिम्खडा, सहायक निरीक्षक भोजराज न्यौपाने, हवल्दार कमल रोका मगर, प्रेम चन्द्र जैसवास र देवेन्द्र डिसी छन् । 

त्यस्तै, सहायक हवल्दार यौनीकुमार मण्डल, प्राविधिक प्रहरी जवान शिव श्रेष्ठ, जवान शिवकुमार चलाउने, रुपक केसी, विरेन्द्रसिंह भाट, सुमन खड्का, कन्हाईलाल राम, प्रसन्नकुमार विक, अनुप मिजार, अशोक नेपाली, कलबहादुर सारु थापा, कल्याण जिसी, माधव थापा र कार्यालय सहयोगी रमिता खत्रीलाई पनि स्पष्टीकरण सोधिएको छ । 

तोकिएको समयमा सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) खण्ड (च) को कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

टिप्पणीहरू