राष्ट्रिय अनुसन्धानलाई चाहियो साढे दुई सय कर्मचारी, प्रत्यारोपण केन्द्रमा एक दर्जन

राष्ट्रिय अनुसन्धानलाई चाहियो साढे दुई सय कर्मचारी, प्रत्यारोपण केन्द्रमा एक दर्जन

राष्ट्रिय अनुसन्धान विभागले एकै पटक साढे दुई सय स्थायी कर्मचारी मागेको छ । विभागले आज सूचना प्रकाशित गर्दै सहायक सूचकसहित २५२ जनाका लागि दरखास्त आह्वान गरेको हो । 

सूचनामा सहायक सूचक २३४ जना, सुरक्षा गार्ड १६ जना र परिचर दुई जना मागिएको छ । तोकिएको योग्यता पुगेका इच्छुकलाई आगामी असार ८ गतेसम्म आवेदन पेश गर्न भनिएको छ । 

दोब्बर दस्तुर तिरेर असार १५ गतेसम्म दरखास्त दिन सकिनेछ । सहायक सूचक पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एसएलसी, एसईई वा सोसरहको उत्तीर्ण गरेको हुनुपर्नेछ । 

सुरक्षा गार्डका लागि कम्तीमा आठ कक्षा वा सोसरहको उपाधि प्राप्त गरेको र परिचर पदमा साधारण लेखपढ गर्न जानेको व्यक्तिले समेत आवेदन दिन सक्नेछन् । 

त्यस्तै, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि करारमा कर्मचारी नियुक्त गर्न लागेको छ । क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजीसहित १३ जना मागिएको हो । 

रेडियोलोजिष्ट, नेफ्रोलोजिष्ट, युरोलोजी, ल्याब टेक्निसियन, असिष्टेन्ट फर्मासिष्ट र रेडियोग्राफर समेत आवश्यक रहेको सूचनामा उल्लेख छ । 

इच्छुक योग्यता पुगेकाले आगामी २१ दिनभित्र दरखास्त दिन सक्नेछन् । यससम्बन्धी विस्तृत जानकारी केन्द्रको वेबसाइटमा राखिएको छ ।
 

टिप्पणीहरू