धावनमार्गमा ‘खाल्डो’ परेपछि उडान र अवतरण ठप्प

धावनमार्गमा ‘खाल्डो’ परेपछि उडान र अवतरण ठप्प

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान र अवतरण बन्द भएको छ । धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।  

अहिले मर्मत सम्भारको काम भइरहेको र छिट्टै उडान सुचारु हुने विमानस्थलका प्रवक्ता सुवास झाले बताए । ‘धावनमार्गमा एउटा सानो क्रयाक देखिएको छ । त्यसैले सबै उडान र अवतरण बन्द गरेका छौं । अहिले मर्मत भइरहेको छ । केही बेरपछि सुचारु हुन्छ’, उनले भने । 

धावनमार्ग बिग्रिएपछि जहाजहरु आकाशमै होल्ड गरिएको छ ।

टिप्पणीहरू