टिआईएमा एनएमबिको एटीएम विस्तार

टिआईएमा एनएमबिको एटीएम विस्तार

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटीएम सेवा थपेको छ । 

विमानस्थलका यात्रु तथा कर्मचारीको सहजताका लागि थप एउटा एटीएम सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा र अन्तर्राष्ट्रिय आगमन कक्षमा दुईवटा एनएमबिका एटीएम यसअघि नै  सञ्चालनमा छ । 

हाल देशभर आफ्ना दुई सय १ शाखा, एक सय ८८ एटीएम र ११ वटा एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

टिप्पणीहरू