एनएमबिका ग्राहकलाई कतार एयरवेजको टिकटमा छुट

एनएमबिका ग्राहकलाई कतार एयरवेजको टिकटमा छुट

एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको टिकटमा छुट पाउने भएका छन् । बैंक र कतार एरवेजबीच छुटसम्बन्धी यस्तो सम्झौता भएको हो । 

सम्झौताअनुसार बैंकका ग्राहकले कतार एयरवेजको अनलाइन टिकट खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरलाइन्सको टिकट काट्दा बैंकका ग्राहकले अनलाइन प्रमोशन कोडको प्रयोग गर्नुपर्ने छ । 

यो अफरमार्फत ग्राहकले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्ने बैंकको विश्वास छ । कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरुले थप लगेजलगायत अन्य विशेष सुविधा पाउने पनि जानकारी दिइएको छ ।

टिप्पणीहरू