नारायणीमा मान्छे निलेको गोहीलाई समातियो

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका २ का ७२ वर्षीय मिलबहादुर थारुको मृत्यु भएको जनाइएको छ ।
आज बिहान नुहाउन नारायणी किनारमा पुगेको समयमा उनलाई गोहीले आक्रमण गरेको हो । गोहीले मिलबहादुरको आधा शरीर खाइसकेको थियो भने आधा पानीमा छाडेको थियो ।
थारुलाई आक्रमण गरेको गोहीलाई नियन्त्रणमा लिन दिउँसो चितवन राष्ट्रिय निकुञ्जबाट टोली परिचालन भएको थियो । करिब दुई घण्टाको प्रयासपछि गोही अहिले नियन्त्रणमा रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
अन्यभन्दा मगर जातको गोही निकै रिसाहा र आक्रामक हुने निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुनले जानकारी दिए । उनका अनुसार यस्तो गोहीले आफ्नो नजिकमा रहेको जुनसुकै पशुचौपायालाई पनि आक्रमण गर्छ ।
टिप्पणीहरू