तालिममा ढलेका सशस्त्र प्रहरी जवान बिते

तालिममा ढलेका सशस्त्र प्रहरी जवान बिते

आधारभूत तालिमको क्रममा ढलेका दुईजना सशस्त्र प्रहरी जवानमध्ये एक जनाको उपचारको क्रममा ज्यान गएको छ । अर्का एक जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ ।

सोमबार बिहान जवान तालिम शिक्षालय नौवस्ता, बाँकेमा सञ्चालित आधारभूत तालिममा सहभागी टोपेन्द्र शाही र कविराज बुढा दौडने क्रममा एक्कासी ढलेका थिए । बेहोस भएका उनीहरुलाई तत्काल मेडिकल कलेज कोहलपुर पुर्याइयो । 

शाही र बुढालाई हिजो बेलुकी सेनाको स्काई ट्रकमा राखेर थप उपचारको निम्ति काठमाडौं ल्याइएको थियो । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचाररत दुई जनामध्ये बुढाको आज बिहान सवा १० बजेको समयमा निधन भएको जनाइएको छ ।

यस्तै जवान तालिम शिक्षालय वनभेहडा, कैलालीमा कार्यरत प्रशिक्षार्थी जवान खडग रावलको अस्तिदेखि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू