लाेक गायक जाेशीकाे निधन

लाेक गायक जाेशीकाे निधन

लोक गायक लक्ष्मी प्रसाद जोशीको निधन भएको छ । उनकाे ८८ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो । 

पुर्ख्यौली घर धनकुटा भए पनि उनी लामो समयदेखि झापाको दमकमा बस्दै आएका थिए । साँझ खाना खाएपछि उनी अचानक बेहोस भएको परिवारले जानएको छ । तत्कालै उपचारको अस्पताल लगिए पनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेका हुन् । 

जोशीले ०१३ सालमा रेडियो नेपालबाट ‘नेपाली माया, नेपालै कस्तो’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । त्यस्तै उनको ‘खिपीमा खिपी’, ‘रिटिङ रिटिङ’,  ‘ओल्लो खोलो’, ‘बाख्राको पाठोले’, ‘साँगुरीको डाँडैडाँडा’, ‘उकाली ज्यानमा’ लगायत चार दर्जन गीत चर्चित छन् । 

उनले ०१९, ०२२ र ०२९ सालको लोकगीत प्रतियोगितामा स्वर्ण पदकसमेत जितेका थिए । तत्कालीन समयमा सोभियत रुसको नौ वटा राज्यमा सांगीतिक कार्यक्रम गर्ने उनी एक मात्र नेपाली गायक हुन् । पछिल्लो समय उनले ०६० मा लोकगीत संग्रह ‘अनावृत’ प्रकाशन गरेका थिए । 

टिप्पणीहरू