ताप्लेजुङको फाइनलमा सिरहा र मोरङका क्लब भिड्दै, हौसला बढाइदिन दर्शकलाई आग्रह

ताप्लेजुङको फाइनलमा सिरहा र मोरङका क्लब भिड्दै, हौसला बढाइदिन दर्शकलाई आग्रह

दोस्रो ताप्लेजुङ गोल्ड कप २०८१ को फाइनल भोलि भानु मावि तप्लेजुङको खेल मैदानमा हुँदै छ । सलहेश युवा क्लब सिरहा र सगरमाथा युथ क्लब मोरङबीच हुने खेलमा दुबै टिमले विजयी हुने दाबी गरेका छन् । 

सदरमुकाममा आज लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै टीमका प्रशिक्षक र क्याप्टेनले आफूलाई अब्बल दर्जाको घोषित गरेका छन् । दुबै टीममा ‘ए’ डिभिजनका खेलाडी छन् । 

उनीहरुले टिमको खेल विकासमा सरकारी सहयोग नरहेको र आफ्नै बलबुताले खेलको विकास गरिरहेको बताए । जीविकोपार्जनमा समस्या देखिएपछि खेलाडीहरु खेल छाडेर विदेशिनुपरेको यथार्थ पनि त्यस अवसरमार जानकारी गराइयो ।

प्रतियोगिताको निरन्तरताले ताप्लेजुङमा सुविधायुक्त खुला खेलमैदानको आवश्यकता देखिएको छ । आयोजक र सहभागी क्लबहरुले स्थानीय खेलाडी उत्पादन गर्न सकिएकोमा खुशी पनि व्यक्त गरेका छन् ।

आयोजकले भोलिको फाइनल खेलमा उपस्थित भएर सदाझैं सहयोग र हौसला बढाउन दर्शकहरुलाई अनुरोध गरेका छन् । फाइनल खेलको टिकट मूल्य २५० रुपैयाँ तोकिएको छ ।

क्वार्टरफाइनलमा ७ लाख ९ हजार ८०० उठेको र सेमिफाइनलमा टिकटबाट ६ लाख ५२ हजार ८०० गरी हालसम्म १३ लाख ६२ हजार ६०० संकलन भइसकेको छ ।

टिप्पणीहरू