ताप्लेजुङ गोल्ड कपमा सगरमाथा युथ क्लब विजयी

ताप्लेजुङ गोल्ड कपमा सगरमाथा युथ क्लब विजयी

-कमल भट्टराई

दोस्रो ताप्लेजुङ गोल्ड कप २०८१ मा सगरमाथा युथ क्लब मोरङ विजयी भएको छ । आज भएको फाइनलमा सलहेश युवा क्लब सिरहालाई शून्यको विरुद्ध १ गोल गरेर सगरमाथाले कप चुमेको छ । 

प्रतियोगितामा प्रथम भएको सगरमाथा युथ क्लबले गोल्ड कपसँगै नगद पाँच लाख प्राप्त गरेको छ । उपविजेता सलहेश युवा क्लबले कपसहित नगद दुई लाख ५० हजार हात पारेको छ ।

भानु मावि ताप्लेजुङको खेल मैदानमा भएको फाइनलमा सिरहाले पाँच जना विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो । तर प्रतियोगितामा सहभागी अन्य टिमले स्थानीय खेलाडीलाई प्राथमिकतामा राखेको देखिन्थ्यो । 

आयोजकका अनुसार प्रतियोगितामा टिकट बिक्रीबाट कुल २३ लाख ७६ हजार ६०० रुपैयाँ उठेको छ । जसमध्ये क्वार्टरफाइनलसम्म ७ लाख ९ हजार ८ सय र सेमिफाइनलमा ६ लाख ५२ हजार ८ सय उठेको हो । आज फाइनलमा १० लाख १४ हजार उठेको विवरण सुनाइएको छ ।

टिप्पणीहरू